काठमाडौं । रुवाण्डाका गैरआवासीय राजदूत जेक्युलिनी मुकाङ्गीराले नेपाल र रुवाण्डाबीच दुई पक्षीय हवाई उडानको सम्झौता गर्न प्रस्ताव राखेकी छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग आज मन्त्रालयमा भएको शिष्टाचार भेटका क्रममा राजदूत मुकाङ्गीराले नेपाल र रुवाण्डाबीच अहिलेसम्म हवाई सम्झौता नभएकाले सम्झौताका लागि प्रस्ताव गरेकी हुन् । भेटका क्रममा राजदूत मुकाङ्गीराले नेपाल र रुवाण्डाबीच…