काठमाडौं । पछिल्लो समय नेपालमा संचालित इन्टरनेट सेवाप्रदायक (आईएसपी) हरुले गैरकानूनीरुपमा सेवाहरु विक्री वितरण गर्ने क्रम बढेको छ । कहिले नियामक निकायसँग स्वीकृति नै नलिई प्याकेज बेच्ने र कहिले कानुनमै नभएको सेवा बेच्ने प्रवृत्ति पछिल्लो समय बढिरहेको छ । नियामक निकाय नेपाल दूरसंचार प्राधिकरणले आईएसपीहरुलाई बेलाबेलामा सचेत गराएपनि सेवाप्रदायकले नटेरेपछि प्राधिकरणले कारवाहीको तयारी थालेको छ…