Logo

दशैंमा मोटरसाइकल-स्कुटर किन्ने योजनामा हुनुहुन्छ ? यस्ता छन् चाडपर्व अफर र उपहार योजना

दशैंमा मोटरसाइकल-स्कुटर किन्ने योजनामा हुनुहुन्छ ? यस्ता छन् चाडपर्व अफर र उपहार योजना



काठमाडौं । नेपालीहरुका सबैभन्दा ठूला पर्व दशै–तिहारको चहलपहल पनि शुरु भएको छ । हरेक वर्ष दशै–तिहार सबै व्यवसायीका लागि व्यापार गर्ने सुनौलो अवसरका रुपमा रहँदै आएको छ ।

laxmi

यही अवसरलाई उपयोग गर्न सबै क्षेत्रका व्यवसायीहरुले उपभोक्तालाई लोभ्याउने विभिन्न अफर र योजना ल्याउने गरेका छन् । दशैं–तिहारमा नेपालीहरुले मन फुकाएर किनमेल गर्छन । यो समयमा उच्च व्यवसाय हुने भएकाले प्राय सबैले विभिन्न छुट पनि दिन्छन र उपभोक्तालाई पनि फाइदा पुग्छ । यस्तै नेपाली अटोमोबाइल क्षेत्रका लागि पनि यो समय व्यापारको अवसर मानिन्छ ।

ग्राहकलाई आफुतिर आकर्षित गर्न विभिन्न ब्राण्डहरुबीच चर्को प्रतिस्पर्धा पनि चल्ने गर्छ । यो वर्षपनि त्यस्तो प्रतिस्पर्धा शुरु भइसकेको छ । यही मौका र नजिकिँदै गरेको दशैं तिहार, छठलगायतका चाडपर्वलाई मध्यनजर गर्दै अटो व्यवसायीहरुले २ पांग्रे सवारीसाधनमा विभिन्न प्रकारका छुट अफरहरुसमेत सार्वजनिक गरेका छन् । यसरी छुट अफर सार्वजनिक गर्दै प्राय कम्पनीहरुले ग्राहकलाई आकर्षित गर्दा २ पाङग्रे सवारीको विक्री झन् बढेको सम्बद्ध व्यवसायीहरु बताउँछन् ।

यामाहा

 नेपालका लागि यामाहाको आधिकारिक वितरक रहेको यामाहा नेपालले, ‘यामाहा फेस्टिभ ह्याट्रिक’ नामक बृहत्तर योजना ल्याएको छ । कम्पनीले दशैं-तिहार र छठ, २०७९ लाई लक्षित गर्दै विभिन्न योजनाहरु ल्याएको हो । भाद्र २१ बाट सुरु भएको उक्त योजना यामाहाको कुनै पनि बाइक र स्कुटरको खरिदमा लागु हुनेछ । कम्पनीका अनुसार ‘यामाहा फेस्टिभ ह्याट्रिक’ अन्तर्गत यामाहाको कुनै पनि बाइक वा स्कुटरमा खरिद गर्दा तत्कालै स्योर शट उपहारमा ६ हजार रुपैयाँ जित्न सक्नेछन् । यस्तै ‘फिफा विश्वकप २०२२’ लाई समेत लक्षित गर्दै लक्की ड्रमार्फत् हरेक दिन ३ जनाले हाइसेन्सको ५० इन्चको स्मार्ट टिभी जित्न सक्नेछन् ।

यसका अतिरिक्त, उक्त योजना अन्तर्गत, अब यामाहाको बाइक वा स्कुटर खरिद गर्न चाहनेहरूका निम्ति कम्पनीले अझ सुलभ प्रक्रिया ल्याएको कम्पनीले बताएको छ । कम्पनीको अनुसार यस योजना अवधिभित्र यामाहाको बाइक वा स्कुटर किन चाहनेहरूले पहिलेजस्तो लामो प्रक्रियाबाट गइरहन पर्ने छैन । सिमित केही कागजपत्र देखाई ग्राहकहरूले अब मात्र ३० मिनेटमा सबै वित्तीय प्रक्रियाहरू पूरा गरी यामाहाको बाइक वा स्कुटर लिन सक्ने कम्पनीले जानकारी गराएको छ । ‘चाडपर्वमा ग्राहकवर्गको अपेक्षा सधैँ बढी हुने र यस ‘यामाहा फेस्टिभ ह्याट्रिक’ को योजनाले ग्राहकको अपेक्षा पूरा गर्नेमा हामी पूर्ण रूपमा विश्वस्त छौं, र, आउँदै गरेको विश्वकप २०२२ लाई पनि अझ रोमाञ्चक बनाउन हामी निकै आशावादी तथा उत्साहित छौँ,’ उत्साहित हुँदै यामाहा नेपालका सीईओ राजु क्षेत्रीले बताए । छठसम्म लागु हुने यस योजना नेपालभरका सबै यामाहा शोरुमहरूमा सञ्चालित हुने कम्पनीले जानकारी गराएको छ ।

बजाज

बजाज बाईकको मूल्यको आधाको आधा अर्थात् २५ प्रतिशत मात्र डाउनपेमेन्ट गरी बाईक खरीद गर्न सकिने छ । बजाज मोटरसाइकलले दशैंतिहार र छठलाई लक्षित गर्दै सो अफर ल्याएको हो । नेपालको लागि आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनीले चाडपर्व लक्षित अफर गर्दै आधाको आधा अर्थात २५ प्रतिशत मात्र डाउनपेमेन्ट गरी बाईक खरीद गर्न सकिने बताएको छ । यो योजना अन्तर्गत हरेक बजाज बाईकको खरिदमा ७ हजार नगद छुटको व्यवस्था पनि गरिएको कम्पनीको दाबी छ ।

टिभिएस

 नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘कायापलट’ नामको विशेष योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँच पटकसम्म आकर्षक उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यो योजना भाद्र २० गतेबाट देशभर सीमित अवधिको लागि उपलब्ध हुनेछ । ‘कायापलट’ योजना अन्तर्गत नकिन्दै www.tvsnepal.com/dashain मा गएर एक लाख जित्ने मौका र खरिद गरेपछि दस लाख सम्म जित्ने मौका रहेको छ । हरेक दिन योजना बारे सोधपुछ गर्ने एक भाग्यशाली विजेतालाई Realme C30 Smart Phone प्रदान गरिने छ । साथै हरेक हप्ता एक खरिदकर्तालाई सम्पूर्ण नगद फिर्ता गर्ने र एक भाग्यशाली विजेतालाई बम्पर उपहार रु.५० लाखको नगद पुरस्कार उपलब्ध गरिने जनाएको छ ।

यो योजनामा बबाल फाइनान्स अफर पनि समावेश छ । जस अन्तर्गत २०% डाउनपेमेन्ट वा रु ४,२०० को मासिक ईएमआइमा बाइक तथा स्कुटर किन्न सक्नुहुनेछ । विजेताहरूको घोषणा प्रत्येक मंगलबार लक्की ड्र मार्फत साँझ ५ बजे जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरिने जनाएको छ । जगदम्बा मोटर्स प्रा लि नेपालमा टीभीएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ । गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धता मार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सर्वाधिक रुचाइएको टू–ह्विलर ब्राण्डका रुपमा स्थापित छ ।

होण्डा

 होण्डा टू व्हीलर्स्को आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होण्डाको दशैंको शुभ लाभ’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ । यस योजनाअन्तर्गत ग्राहकले स्क्रयाच कुपनमार्फत ७ लाखसम्मको क्यासब्याक र अन्य आकर्षक उपहार, साथै, ७ प्रदेशबाट एक–एक जना गरी ७ जनाले ७ लाख पाउन सक्ने छन् । बम्परमा लक्की ड्रमार्फत १५ लाख नगद उपहार र साथै इजी फाइन्यान्सको पनि सुविधा छ । यो योजना २०७९ भाद्र २० गतेदेखि सुरु भई सीमित अवधिसम्म मात्रै लागू हुने कम्पनीले जनाएको छ । नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ ।

हिरो

नेपालका लागि हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रालिले नेपालीको महान चाड बडा दशैँ २०७९ को उपलक्ष्यमा ‘आहा दशैँ चाडपर्वको उमङ्ग हिरो चढी चढी दंङ्ग’ नाराका साथ नयाँ योजना ल्याएका छ । यस योजना अन्तर्गत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले रु। ७ हजार ५ सय पक्का डिस्काउन्ट, स्क्रयाच कार्ड मार्फत १ लाखसम्म पाउन सक्ने र बम्पर लक्की ड्र मार्फत एक जनाले रु १ लाख नगद पाउने छन् । साथै सबै हिरो मोटरसाइकल र स्कुटरमा शुन्य प्रतिशत डाउन पेमेन्टमा उपलब्ध हुने सुविधा पनि रहेको छ ।

जावा  

 जावा मोटरसाइकलले दशैँ तिहारको अवसरमा नयाँ ग्राहकहरूका लागि एक अफर ल्याएको छ । जावा नेपालले जावा ९ प्रतिशत ब्याजदरमा ल्याएको छ। साथै यस चाडपर्वको मौसममा हरेक जावा बाइकको खरिदमा निःशुल्क ‘प्रोफेशनल राइडिङ ज्याकेट’ र निःशुल्क ‘हेल्मेट’ पनि प्राप्त गर्न सकिने छ । कम्पनीले गाडीको लागि सर्वाधिक मूल्याङ्कनसहित ‘इजी एक्सचेन्ज’ सुविधा पनि उपलब्ध गराउँदै आएको छ। ‘अग्नि हायर पर्चेज लिमिटेड’ सँगको सहकार्यमा यो सुबिधा ल्याइएको कम्पनीले जनाएको छ । सजिलो फाइनान्सिङ र न्यूनतम ब्याज दरको साथ कुनै पनि झन्झट बिना आफ्नो मनपर्ने जावा खरिद गर्न सकिनेछ । जावा मोटरसाइकल एक दशक भन्दा बढी समयदेखि मोटरसाइकल बनाउने लेजेन्डरी बाइक निर्माता कम्पनी हो । यो १९२९ मा चेकोस्लाभाकियाको प्रागमा स्थापित कम्पनी हो । स्थापना कालदेखि नै यो कम्पनी अग्रणी कम्पनीका रुपमा रहँदै आएको छ । नेपालमा जावा बाइक नेपालको स्थापित कम्पनी अग्नि मोटोइन्कले भित्राएको हो ।

सेगवे

नेपालका लागि सेगवे सवारी साधनको आधिकारिक वितरक आईहवले आगामी दशैं, तिहार र छठको अवसरमा ग्राहकहरुलाई आकर्षक छुट र पुरस्कारहरू उपलब्ध गराएको छ ।  यो अफर नेपालका सबै सेगवे ई–स्कुटरका लागि मान्य हुनेछ । ‘यो दशै÷तिहार सेगवेको साथ उपहार ७’ अफर नेपालमा सेगवेको दुईपाङ्ग्रे सवारी साधनको आक्रमक बजार रणनीति र विस्तारको निरन्तरता हो । सेगवेले नेपाली ग्राहकका लागि विविधता र गुणस्तर दुवै सुनिश्चित गरी उत्पादन उपलब्ध गराउने योजना बनाएको छ । यस अफरमा ग्राहकहरुले कुनै पनि सेगवेको उत्पादन खरिद गर्दा,  रु. १०,००० नगद छुटका साथै अन्य पुरस्कारहरू जित्न सक्नेछन् । साथमा निःशुल्क बीमा र सडक कर पनि हुनेछ । साथै, ग्राहकहरूले लक्की ड्र मार्फत विभिन्न पुरस्कारहरू जित्ने अवसरहरू पनि प्राप्त गर्नेछन् । लक्की ड्र मार्फत २ जनाले किक स्कुटर, २ जनाले स्मार्ट फोन र ५ जनाले स्मार्ट घडी जित्नेछन् ।  साथै एक्सचेन्ज सुविधापनि रहेको छ ।

मोटरहेड

नेपालका लागी मोटरहेड ब्राण्डका आधिकारीक वितरक एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले भाद्र १९ गतेबाट कार्तिक १२५ गतेसम्म लागू हुने गरी आफ्नो “४ को चमत्कार, वाइक पनि वचत पनि अफर सार्वजनिक गरेको छ । कम्पनीले मोटरहेड व्राण्डका वाइक खरिद गर्ने ग्राहकहरुलाई स्क्रयाच कार्ड मार्फत ७ हजार ९ सय रुपैयाँ देखि १ लाख रुपैयाँसम्म जित्न सकिने अफरको साथै वम्परमा १ जना भाग्यशाली विजेताले १ लाख रुपैयाँ जित्न सक्ने अफर सार्वजनिक गरेको छ । यसका साथै टेक्केन २५० पुरानो मोडलको खरीद जुनै पनि माध्यमबाट खरीद गर्दा सिधै २५ हजार रुपैयाँ छुटको व्यवस्था गरेको छ । यसका साथै कम्पनीले हात खाली नहुने उद्देश्यले हरेक शोरुममा पाल्नु हुने ग्राहकहरुलाई टेष्ट राइड गराई उपहार दिने र आफ्नो पोज एण्ड पोष्ट क्याम्पेन अन्तर्गत शोरुममा फोटो खिची लाइक तथा शेयरा गरी हरेक हप्ता एक जनाले आर्कषक उपहार समेत पाउने व्यवस्था गरेको छ ।

टारो

ओम मोटोकर्प प्रालि मार्फत नेपालमा विक्रि वितरण हुँदै आएको इटालियन व्राण्ड टारोले यही भदौ १९ गतेदेखि १५ कार्तिक १५ गतेसम्म लागू हुने गरी आफ्नो “४ को चमत्कार, वाइक पनि वचत पनि” अफर सार्वजनिक गरेको छ । उक्त अफर अन्तर्गत कम्पनीले आफ्नो ग्राहकहरुलाई उचित छुट दिई, छुट मार्फत वचत पनि हुने उद्देश्यले आफ्नो वाइकहरुमा ३० हजार रुपैयाँसम्म नगद छुट तथा स्कुटरलको खरीदमा १५ हजार छुटको अफर अघि सारेका छन् । कम्पनीले वम्पर अफरमा गोला प्रथाद्धारा १ जना भाग्यशाली खरीदकर्ताले ५ वर्षको कर छुटको अफर पनि ल्याएको छ ।

लेभ्निङ  

 बज्र ग्रुप अन्तर्गत को कम्पनि ईभी नेपाल मोटर्स प्रालिले लेभ्निङ ब्रान्डको इलेक्ट्रिक स्कुटरमा दशैँ अफर ल्याएको छ । लेभलिंग को सफर दशैँ तिहारमा डबल अफरु भन्ने यस स्किममा मात्र एसएमएस गरेर लाखौं रुपैयाँ छुट पाउन सकिनेछ । यस योजना अन्तर्गत सबैभन्दा पहिला घरमै बसेर एसएमएस मात्र गरी १ लाखसम्म छुट त्यसपछि शोरुम गएर त्यहाँ पाएको कोड एसएमएस गरेर ७ हजारदेखि ५ लाखसम्मको नगद छुट पाउन सकिनेछ । यसका साथै, ग्राहकले नबिल बैंकको शून्य प्रतिशत ब्याजदरमा सो स्कुटर किन्न सक्नुको साथै कुनै पनि पेट्रोल बाइकसँग सजिलै एक्सचेन्ज पनि गर्न सक्नेछन् । लेभ्निङ ब्रान्डको स्कुटर जर्मन कम्पनीको बोस्चको मोटर्स प्रयोग गरिएको बनाइएको स्कुटर हो । यसले फुल चार्जमा राम्रो माइलेज दिने कम्पनी बताउँछ । नेपाली बजारमा लेभ्लिंगको एलएक्स०१, एलएक्स०२, एलएक्स०४, एलएक्स०५, एलएक्स०५–डी, एलएक्स०६, एलएक्स०६ म्याक्स, एलएक्स०८, एलएस०१ र एम०४ मोडलका स्कुटर उपलब्ध छन् । यी स्कुटरको मूल्य १ लाख १० हजार देखि ५ लाख ५९ हजार रुपैयाँसम्म छ ।

बेनेली

 केटीएम इन्टरनेशनल ट्रेडिङले दशैं, तिहार र छठको अवसरमा दशैं फिएस्टा अफर ल्याएको छ । यस अन्तर्गत मोटरसाइकल किन्नु भन्दा पहिले, किन्दा र किनेपछि गरी तीन पटकसम्म छुट र विभिन्न अफर प्राप्त गर्न सकिने छ । कम्पनीको अनुसार अफर अन्तर्गत पहिलो ई–डिस्काउन्ट अन्तर्गत मोटरसाइकल किन्नुभन्दा पहिले क्युआर कोड स्क्यान गरी १ लाख रुपैयाँसम्म जित्न सकिनेछ । यो क्युआर कोड मोटरसाइकल किन्न चाहने वा नचाहनेले दुवैले प्रयाचेग गर्न सक्नेछन् ।यस्तै, मोटरसाइकल किन्ने निश्चित भइसकेपछि ग्राहकले वाक इन डिस्काउन्ट प्राप्त गर्नेछन् । जसमा ग्राहकलाई स्क्रयाच कार्ड प्रदान गरिने छ र सो कार्डबाट समेत १ लाख रुपैयाँसम्म जित्न सकिने छ । त्यसैगरी, मोटरसाइकल किनिसकेपछि ग्राहकले ५ हजार रुपैयाँसम्मको अमेजिङ हेल्मेट र अन्य विभिन्न गिफ्ट पाउनेछन् । कम्पनीको अनुसार उक्त अफर बेनेलीका सबै मोटरसाइकल तथा स्कुटरमा लागू हुनेछ । केटीएम इन्टरनेशनल ट्रेडिङले विगत ७ वर्षदेखि नेपाल अधिराज्यभर इटालीमा निर्मित बेनेली मोटरसाइकल बिक्री गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL