Logo

चितवनमा सूर्या लाइफ इन्स्योरेन्सको वार्षिक कार्यक्रम सम्पन्न, बढी प्रिमियम संकलन गर्नेलाई अवार्ड

चितवनमा सूर्या लाइफ इन्स्योरेन्सको वार्षिक कार्यक्रम सम्पन्न, बढी प्रिमियम संकलन गर्नेलाई अवार्ड



काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुई दिने Annual Recognition Program सम्पन्न गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पवन कुमार खड्काले उद्घाटन गरेको उक्त कार्यक्रममा सूर्या लाइफसँग सम्बन्धित १५० भन्दा बढी अभिकर्ता र कर्मचारीहरु सहभागी थिए ।

laxmi

सौराहामा असोज १ गते देखि २ गते सम्पन्न उक्त कार्यक्रममा गत आर्थिक वर्षमा देशैभरिमा सबैभन्दा बढी प्रिमियम संकलन गर्ने (व्यक्तिगत व्यवसाय) तीन जनालाई एजेन्सी अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको थियो । यसरी सम्मानित हुनेमा बुटवल शाखाका कमलप्रसाद घिमिरेलाई सिइओ खड्काले अवार्डसहित सम्मानित गरे । त्यस्तै सोही विधामा ललितपुर शाखाका पदमबहादुर फागो र बिमला राई फस्ट रनर अप र सेकेन्ड रनअप घोषित भए।

त्यस्तै गत आर्थिक वर्षमा सबैभन्दा बढी प्रिमियम संकलन गर्ने (सामूहिक व्यवसाय) अभिकर्ताहरुलाई एजेन्सी म्यानेजर अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ । यस विधामा ललितपुर शाखाका उप्रिन्द्र राई विजेता घोषित भए भने कमलप्रसाद घिमिरे (बुटवल) र भक्त बहादुर राई (जोरपाटी) फस्ट रनर अप र सेकेन्ड रनअप घोषित भए। त्यस्तै देशैभरि रहेका शाखाहरूमा उत्कृष्ट शाखाको रुपमा काठमाडौं शाखा पुरस्कृत भएको थियो भने बुटवल र ललितपुर क्रमशः फस्ट रनर अप र सेकेन्ड रनअप घोषित भएका थिए ।

कम्पनीले देशैभरका सात प्रदेशबाट उत्कृष्ट व्यावसाय गर्ने प्रदेशलाई ‘बेस्ट रिजन अवार्ड’को ‘रनिङ शिल्ड’ यसपटक बागमती प्रदेशले हात पारेको थियो । उक्त अवसरमा विभिन्न १२ विधाका साथै अन्य गरी ४६ जनालाई कम्पनीले ट्रफीसहित सम्मान गरेको थियो । उक्त अवसरमा दुई विधाबाट पुरस्कृत भएका बुटवल शाखाका कमलप्रसाद घिमिरेले कम्पनीले आफनो कामप्रतिको लगावलाई पहिचान गरी सम्मानित गरेकोमा अझै काम गर्ने प्रेरणा मिलेको बताए ।

त्यस्तै उपेन्द्र राईले कर्मचारी र अभिकर्ताहरुको सहकार्यबाट नै कम्पनीलाई उत्कृष्ट कम्पनी बनाउन सकिने बताए । त्यस्तै अभिकर्ता संघका अध्यक्ष समेत रहेका अर्का विजेता रामबहादुर तामाङले यस किसिमको सम्मानले अभिकर्ताहरुमा हौसला बढ्ने बताउँदै कम्पनीले देशैभरका अभिकर्ताहरुलाई सम्मानित गर्नुपर्ने बताए ।

साथै कार्यक्रममा पुरस्कृतहरुलाई सिइओ खड्काले बधाई तथा शुभकामना दिँदै आगामी दिनहरुमा अन्य एजेन्सी म्यानेजर, अभिकर्ता एवं कर्मचारीहरुले अझै उत्कृष्ट काम गर्ने अपेक्षा आफूले लिएको समेत बताए। उक्त अवसरमा खड्काले सहकार्य, साथ र विश्वास नै कम्पनीको मूलमन्त्र भएको बताउँदै आगामी दिनमा अभिकर्ता र कर्मचारीहरुले अझै बढी सकारात्मक उर्जाका साथ विश्वसनीय ढंगले काम गर्न पनि आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL