काठमाडौं । सरकारले काठमाडौं–तराई फास्ट ट्रयाकलाई चार वर्षभित्र निर्माण कार्य पूरा गर्ने घोषणा गरेको छ । संसदमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विसं २०८३ भित्र फास्ट ट्रयाकको निर्माण कार्य सकाइने जानकारी दिए । उनले पूर्वाधार निर्माण समयमै सम्पन्न गर्न दुई सिफ्टमा काम हुने व्यवस्था मिलाइने जानकारी गराए । त्यस्तै राष्ट्रिय राजमार्गहरूमा…