Logo

विद्युतीय गाडी प्रयोगलाई प्रोत्साहन गरिने, राइड सेयरिङका लागि कानुन तय गरिने

विद्युतीय गाडी प्रयोगलाई प्रोत्साहन गरिने, राइड सेयरिङका लागि कानुन तय गरिने

मुख्य सहरमा मेट्रो, मनोरेल र ट्रामको सम्भाव्यता अध्ययन



काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको परनिर्भरता घटाई विद्युतीय गाडीलाई प्रोत्साहन गर्ने नीतिलाई निरन्तरता दिने भएको छ । आगामी वर्षको नीति तथा कार्यक्रममा कार्वनउत्सजर्न कम गर्न यातायात क्षेत्रमा नविकरणीय उर्जा प्रयोग गर्ने उल्लेख गरेको हो । पेट्रोलिय पाइपलाइनको विस्तार र न्युनतम भण्डारणको कार्यक्रमलाई पनि सँगै अघि राखेको छ ।

laxmi

सरकारले राइड सेयरिङलाई कानूनी दायरामा ल्याउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राइड सेयरिङलाई आवश्यक कानून तय गरिने बताए । ठूलो संख्यामा सेयर राइडिङ कम्पनीहरु संचालनमा भएपनि अहिलेसम्म कानुनी मान्यता पाएका छैनन् । अहिले कानुनी मान्यता विना नै सञ्चालनमा छन् ।

त्यसैगरी सरकारले सडक र पुल सँगसँगै निर्माण गरिसक्ने नीति तय गर्ने भएको छ । राजमार्गहरुमा सडक तयार भए पनि पुल नहुँदा समस्या हुन थालेपछि सँगसँगै निर्माण गरिसक्ने नीति लिएको हो । त्यसैगरी राजमार्गहरुमा सुरुङमार्ग, फ्लाइओभर लगायत निर्माणको प्राथमिकतामा राखिएको छ । त्यसैगरी मुख्य सहरहरुमा मनोरेल, मेट्रोरेल, ट्रामको अध्ययन गर्ने भएको छ । मुलुकका प्रमुख नदीमा जलमार्गको अध्ययन गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL