Logo

काठमाडौं–तराई फास्ट ट्रयाक २०८३ भित्र निर्माण पूरा गर्ने सरकारको घोषणा, आगामी बर्ष हुम्लामा गाडी

काठमाडौं–तराई फास्ट ट्रयाक २०८३ भित्र निर्माण पूरा गर्ने सरकारको घोषणा, आगामी बर्ष हुम्लामा गाडी



काठमाडौं । सरकारले काठमाडौं–तराई फास्ट ट्रयाकलाई चार वर्षभित्र निर्माण कार्य पूरा गर्ने घोषणा गरेको छ । संसदमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विसं २०८३ भित्र फास्ट ट्रयाकको निर्माण कार्य सकाइने जानकारी दिए ।

उनले पूर्वाधार निर्माण समयमै सम्पन्न गर्न दुई सिफ्टमा काम हुने व्यवस्था मिलाइने जानकारी गराए । त्यस्तै राष्ट्रिय राजमार्गहरूमा सुरुङ मार्ग, फ्लाई ओभर तथा अण्डर पाससहितको आधुनिक सडक सञ्जाल विस्तार तथा निर्माण कार्यलाई निरन्तरता दिइने सरकारको नीति तथा कार्यक्रममा समेटिएको छ ।

त्यस्तै रणनीतिक तथा ब्यापारिक महत्वका सडक खण्डको निर्माण तथा स्तरोन्नति गरिने र त्यस्ता सडक खण्ड पाँच वर्षभित्र सम्पन्न गर्ने सरकारको नीति रहेको राष्ट्रपति पौडेलको भनाइ छ । त्यस्तै पूर्व–पश्चिम राजमार्गलाई स्तरोन्ति गर्ने कार्यलाई निरन्तरता दिइने र आगामी वर्ष हुम्ला जिल्ला सदरमुकामलाई राष्ट्रिय सडकसँग जोडिने नीति तथा कार्यक्रममा समेटिएको छ । महाकाली, कर्णालीलगायतका करिडोरको निर्माणलाई समेत सरकारले प्राथमिकतामा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL