काठमाडौं। त्रिभुवन विमानस्थलबाट शनिबार राति थप ६ किलो सुन बरामद गरिएको छ । दुवईबाट नेपाल आएका दुुई यात्रुलाई विमानस्थल भन्सार कार्यालयले अवैध सुन ल्याएको आरोपमा पक्राउ गरेको हो । दुबईबाट आएका दुई जना विदेशी यात्रुको साथबाट साढे ६ किलोग्राम सुन फेला परेको थियो । फ्लाई दुबईको उडान नम्बर एफजेड ५७३ मा राति साढे १२ बजे…