काठमाडौं । सरकारले सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउने उद्देश्यसहित सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउने सम्बन्धी मापदण्ड २०८१ सार्वजनिक गरेको छ। यस नीतिले सरकारी निकायहरूलाई अनावश्यक खर्च कटौती गर्न र स्रोतसाधनको सदुपयोग सुनिश्चित गर्न नयाँ उपायहरू अघि सारेको छ। नयाँ मापदण्डअनुसार सरकारी कार्यालयहरूले आवश्यकताभन्दा बढी साधनस्रोतको प्रयोग गर्न नपाउने, अत्यावश्यक बाहेकका कार्यक्रमहरूमा खर्च कटौती…