काठमाडौं । साताको चौथो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य घटेर बन्द भएको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ४.४५ अंकले घट्दै २७ सय ११ को विन्दुमा पुगेर बन्द भएको हो ।
आज कारोबार अवधिभर कुल ३ सय ९ कम्पनीका १ करोड ९१ लाख ८१ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८ अर्ब ९५ करोड ८० लाख रुपैयाँ पुगेको छ । आज कारोबारमा आएकामध्ये १ सय २२ कम्पनीको सेयरमूल्य घट्दा १ सय १३ कम्पनीको सेयरमुल्यमा वृद्धि देखिन्छ । आज ५ समुहको परिसुचक उकालो लाग्दा ८ समुहको परिसुचकमा गिरावट देखिएको छ ।