काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । राजपाको आइतबार बसेको बैठकले दोस्रो चरणको स्थानीय चुनावमा सहभागी नहुने भन्दै आम हड्तालसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । राजपाले १० गतेदेखि अनिश्चितकालीन आमहड्ताल गर्ने बताएको छ । जसअनुसार उम्मेद्वारहरूको मनोनय दर्ताका दिन असार २ गते गाउँपालिका र नगरपालिकामा अवस्थित निर्वाचन केन्द्रहरूमा…