काठमाडौं । काठमाडौंको म्हैपीमा गोली लागेर कल्याण गुरुङ घाइते भएका छन्। घाइते गुरुङलाई उपचारको लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल लगिएको सोह्रखुट्टे प्रहरीले जानकारी दिएको छ। गुरुङलाई स्कुटर चलाइरहदा एक समूहले बाटो छेकेर गोली प्रहार गरेको हो । प्रहरीले गोली हानेको अभियोगमा आश्विन गुरुङलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार युवतिको विषयमा विवादका कारण गोलि हानिएको हो ।…