काठमाडौँ । नेपाल–जापानबीच आर्थिक क्षेत्रमा लगानी भित्र्याउने उद्देश्यले जापानको राष्ट्रिय खानाको आधिकारिक बिक्री स्थल स्थापना भएको छ । ललितपुरको कुपण्डोलमा शनिबार जापानी धर्मगुरु मञ्जु सत्य र प्रदेशसभा सदस्य नरोत्तम वैद्यले संयुक्त रुपमा बिक्री स्थलको उद्घाटन गरेका छन । बिक्री स्थलमा धर्मगुरु मञ्जु सत्य र नेपालस्थित जापानी खानाका आधिकारिक बिक्रेता ओताफुकु कम्पनीले लगानी गरेका छन ।…