काठमाडौं । नेपाल खाद्य संस्थानले यस बर्षको दशैंलाई लक्षित गर्दै २ हजार खसीबोका काठमाडौंमा ल्याउने भएको छ । संस्थानले दशैं तिहार, छठ पर्वको लागि खसीबोका ल्याउने तयारी गरेको हो । उक्त खसीबोका तथा च्याङ्ग्रा घटस्थापनाको दिनसम्म काठमाडौंमा ल्याउने तयारी गरिएको सुचना अधिकारी शंकर सापकोटाले जानकारी दिए । उनका अनुसार दशैंमा काठमाडौंको मागलाई लक्षित गर्दै मुस्ताङ, तुल्सीपुर…