काठमाडौं । आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनले गोर्खा ब्रुअरीलाई सरकारलाई तिर्नुपर्ने रकम ७ दिनभित्र तिर्न निर्देशन दिएको छ । कार्यालयले कम्पनीले तिर्नुपर्ने अन्तशुल्क, जरिवाना तथा विलम्ब शुल्क बापतको ८७ करोड १४ लाख रुपैयाँ राजश्व ७ दिनभित्र बुझाउन आदेश दिएको हो । कार्यालयले गत साउन १२ गतै नै अन्तिम अन्तःशूल्क निर्धारण आदेश जारी गरी उक्त आदेश…