Logo

मेगा बैंकको मेगा माया बचत खाता फेमिली फस्ट योजना सार्वजनिक, डेढ करोड सम्मको बीमा सेवा

मेगा बैंकको मेगा माया बचत खाता फेमिली फस्ट योजना सार्वजनिक, डेढ करोड सम्मको बीमा सेवा



काठमाडौं । मेगा बैंकले ‘मेगा माया बचत खाता फेमिली फस्ट’ योजना संचालनमा ल्याएको छ ।

ग्राहकलाई आकर्षक सुविधाहरु प्रदान गर्दै आएको बैंकले नियमित बचतसँगै परिवारको स्वास्थ्य र सुरक्षाको अनुभुति दिलाउने उद्देश्यले मेगा माया बचत खाता फेमिली फस्ट योजना संचालनमा ल्याएको हो ।

खातावाल तथा श्रीमान–श्रीमतीलगायत दुई सन्तानका लागि उक्त खाता खोल्न सकिने बैंकले जानकारी दिएको छ । बैंकले खाता खोल्नका लागि न्यूनतम १० हजार, २० हजार र ३० हजारका ३ विकल्पहरु राखिएको छ । ३ फरक योजनाहरुमध्ये आफूलाई उपयुक्त योजना छनौट गरी खाता खोल्न सकिनेछ ।

उक्त खातामार्फत बैंकले दुर्घटना मृत्यु बिमा, घातक रोग बिमा र उपचार खर्च समेत गरी एक परिवारका लागि नेको इन्स्योरेन्समा डेढ करोड रुपैयाँ सम्मको बीमा सुरक्षाको ब्यवस्था गरेको छ ।

खाता खोल्दा मोबाइल बैंकिङ र डेबिट कार्डमा ५० देखि शतप्रतिशतसम्म र क्रेडिट कार्डको शुल्कमा १० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । साथै बैंकले न्यूनतम मौज्दात १ हजार रुपैयाँदेखि बीमा सुविधासहितको बचत योजना समेत उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL