काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन नेपाल सरकारले लागू गरेको लकडाउन (बन्दाबन्दी) अनौपचारिक रुपमा अझै कायम रहेको छ । सरकारले लकडाउन घोषणा गरेका आज ८६ दिनमा आइपुग्दो लकडाउनबारे सरकारले औपचारिक रुपमा कुनै जानकारी गराएको छैन । सरकारले जेठ २१ बाट जारी गरेको आठौं चरणको लकडाउन आइतबारसम्म मात्र रहेको थियो…