Logo

कोरोनाको कारण जनतालाई सेवा दिन रोक लगाएको राष्ट्र बैंकले राजस्व संकलनका लागि सबै काउन्टर खोल्न दियो निर्देशन

कोरोनाको कारण जनतालाई सेवा दिन रोक लगाएको राष्ट्र बैंकले राजस्व संकलनका लागि सबै काउन्टर खोल्न दियो निर्देशन



काठमाडौं । राजस्व संकलनको अन्तिम समय आउनै लाग्दा राष्ट्र बैंकले सबै बैंक तथा वित्तिय संस्थाका शाखा खोल्न निर्देशन दिएको छ । यसअघि सरकारले कोरोनाको कारण देखाउँदै बैंकका शाखाहरू खोल्न रोक लगाएर एकदमै सिमित शाखा मात्रै खोल्न दिएकोमा राजस्व उठाउनका लागि भने बैंक तथा वित्तीय संस्थाका, सम्पूर्ण राजस्व शाखा तथा काउण्टर खोल्न निर्देशन दिएको हो ।

laxmi

राष्ट्र बैंकले यहि भदौ २३ गतेदेखि २५ गतेसम्म ३ दिनका लागि राजस्व कारोवार गर्ने बैंक तथा वित्तीय संस्थाको सम्पूर्ण शाखा खोल्न निर्देशन दिएको हो । यसअघि राष्ट्र बैंकले विभिन्न बैंकहरुका सिमित शाखाहरु मात्रै खोल्न निर्देशन दिए पनि राजस्व संकलनका लागि भने सबै शाखाहरु खोल्न निर्देशन दिएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार राजस्व कारोबार गर्ने बैंक तथा वित्तिय संस्थाका काउन्टरहरु, क्लियरिङ हाउसलगायत खोल्न निर्देन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL