काठमाडौं । सरकारले देशभरका युवा बेरोजगारको सूचीमा सूचीकृत भएकामध्ये दुई लाख नागरिकलाई रोजगारीका लागि रकम निकासा गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत सरकारले ५६९ पालिकालाई तीन अर्ब रुपैयाँ अनुदानका रूपमा ससर्त पठाएको हो । सरकारले बजेटमा घोषणा गरे अनुसार दुई लाख रोजगारी सिर्जना गर्न हालसम्म छ अर्ब ८९ करोड रुपियाँ स्थानीय तहमा पठाइसकेको छ ।…