Logo

महासंघले प्रकाशित गर्यो उम्मेदवारहरुको नामावली, ६४ पदका लागि १२७ जनाबीच प्रतिस्पर्धा (सूचिसहित)

महासंघले प्रकाशित गर्यो उम्मेदवारहरुको नामावली, ६४ पदका लागि १२७ जनाबीच प्रतिस्पर्धा (सूचिसहित)



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आसन्न निर्वाचनमा भाग लिने उम्मेदवारहरुको नामावली प्रकाशित गरेको छ । महासंघले बिहीबार राती आसन्न विर्नाचनका लागि विभिन्न क्षेत्रबाट उम्मेदवारी दिएका उम्मेदवारहरुको प्रारम्भिक नामावली प्रकाशित गरेको हो ।

laxmi

महासंघले प्रकाशति गरेको नामावली अनुसार विभिन्न क्षेत्रको गरी ६४ पदका लागि १२७ जनाले मनोनयन दर्ता गराएका छन् ।

महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका लागि चन्द्रप्रसाद ढकाल र किशोर प्रधानले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी जिल्ला नगर उपाध्यक्षमा गुणनिधी तिवारी र दिनेश श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् भने बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ तथा एशोसिएट्स उपाध्यक्षमा रामचन्द्र संघई र शौरभ ज्योतिले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी जिल्ला नगरतर्फको खुला केन्द्रिय सदस्यको १८ पदका लागि ३८ जनाले मनोनय दर्ता गराएका छन् भने प्रदेशतर्फको केन्द्रिय सदस्यको ७ पदका लागि १६ जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये १ नम्बर प्रदेशमा वरिष्ठ उपाध्य ढकाल पक्षका उम्मेदवार राजेन्द्र राउतको मात्रै आवेदन परेकाले उनी निर्विरोध निर्वाचित भैसकेका छन् । यस्तै संस्थापक सदस्यतर्फको १ पदका लागि ३ जनाले आवेदन दिएका छन् ।

यसैगरी बस्तुगततर्फको १४ सदस्यका लागि २९ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने एशोसिएट्सतर्फको १९ पदका लागि ३३ जनाले मनोनयन दर्ता गराएका छन् । यस्तै द्धिराष्ट्रियतर्फ ढकाल प्यानलबाट संदीप अग्रवालको मात्रै आवेदन परेकाले उनी पनि निर्विरोध निर्वाचित भैसकेका छन् ।

उम्मेदवारहरुको नामावली हेर्नका लागि यहाँ क्लिक गर्नुहोला

प्रतिक्रिया दिनुहोस्
MBL