Logo

वोमी लघुवित्तको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त, बोमीको सेयरसम्बन्धी सबै सेवा कुमारीबाट उपलब्ध हुने

वोमी लघुवित्तको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त, बोमीको सेयरसम्बन्धी सबै सेवा कुमारीबाट उपलब्ध हुने



काठमाडाैं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र कुमारी क्यापिटल लिमिटेड बिच सम्झौता भएको छ ।

आज एक कार्यक्रमका बीच वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्य र कुमारी क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख सञ्चालनमा अधिकृत पुष्प शर्माले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतासँगै अब शेयर रजिष्ट्रार (धितोपत्र नामसारी, शेयर दाखिल खारेज, शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने, बोनश शेयर तथा लाभांश पुर्जा वितरण) सम्बन्धी सम्पूर्ण कार्यका लागि कुमारी क्यापिटल लिमिटेड नागपोखरी १, नक्साल , काठमाडाैं मार्फत् सेवा उपलब्ध गराउने लघुवित्तले जनाएको छ ।

साथै कुमारी क्यापिटल मार्फत सेवा प्रारम्भ हुने मिति सार्बजनिक सुचना मार्फत जानकारी गराइनेछ लघुवित्तले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL