काठमाडौं । नेपाली बजारमा सुनको मूल्य शुक्रबार पनि घटेको छ । बिहिबार प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा २ सयले घटेको हो । सुनको मूल्य बिहिबार पनि प्रतितोला २ सय रुपैयाँले घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय कायम गरिएको छ…