काठमाडौं। चाडपर्वलाई ध्यानमा राखी कुलेखानी जलविद्युत आयोजनाबाट नियमित उत्पादन हुँदै आएको दैनिक १०६ मेगावाट विद्युतलाई निरन्तरता दिइने भएको छ । चाडपर्वमा उपभोक्ताको बढ्दो मागलाई ध्यानमा राखेर १०६ मेगावाट विद्युत उत्पादनलाई निरन्तरता दिइने कुलेखानी जलविद्युत प्रथम आयोजनाले जनाएको छ । वाग्मती प्रदेशको मकवानपुरमा स्थापित सो आयोजनाको कुलेखानी प्रथमबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी कूल…