Logo

वर्ल्डलिंक र फेसबुकको एक्सप्रेस वाईफाईबीच सहकार्य, वर्ल्डलिंकको निशुल्क वाईफाई सेवा थप सुरक्षित र भरपर्दाे

वर्ल्डलिंक र फेसबुकको एक्सप्रेस वाईफाईबीच सहकार्य, वर्ल्डलिंकको निशुल्क वाईफाई सेवा थप सुरक्षित र भरपर्दाे



काठमाडौं । नेपालको ईन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक र फेसबुकबीच औपचारिक सहकार्य भएको छ । कम्पनीले नेपालका विभिन्न स्थानमा प्रदान गरिरहेको निशुल्क वाईफाई सेवालाई अझै भरपर्दाे, सुरक्षित र व्यवस्थित बनाउन उक्त सहकार्य गरिएको हो । कम्पनीले सन २०१८ देखि प्रदान गर्दै आएको उक्त निशुल्क वाइफाई सेवा अब उक्त सहकार्यसँगै थप व्यवस्थित भएको कम्पनीले जानकारी दिएको छ ।

laxmi

कम्पनी र फेसबुकको एक्सप्रेस वाईफाई प्लेटफर्म प्रयोग गरिरहेको भएपनि औपचारिक रुपमा भने आजैदेखि मात्रै सुरु गरिएको हो । उक्त सहकार्यपश्चात हाल नेपालका विभिन्न ७ हजार ५ सय स्थानभन्दा बढी क्षेत्रमा उक्त प्लेटफर्म प्रयोग गरिएको छ ।

उक्त प्लेटफर्मअन्तर्गत वर्ल्डलिंकको निशुल्क वाईफाई चलाउने प्रयोगकर्ताले एकचोटी लगईन गरिसकेपछि पुनः अन्य स्थानका निशुल्क वाईफाईमा लगईन गर्न नपर्ने सुविधा रहेको छ । यस्तै फेसबुकको उक्त प्लेटफर्मम प्रयोगभएपश्चात निशुल्क वाईफाई लगईन गर्दा प्रयोगकर्ताको केवाईसी डाटा माग्ने हुनाले यो सुरक्षित भएको कम्पनीका अध्यक्ष दिलिपकुमार अग्रवालले बताए ।

उनका अनुसार ग्राहकले सजिलै विभिन्न स्थानमा प्रयोग गर्न पाईने उक्त सुविधा थप व्यवस्थित भएको छ ।
यस्तै कम्पनीका वाईफाई प्रोजेक्ट म्यानेजर पुनित मानन्धरले उक्त निशुल्क वाईफाईमा गत बर्ष भएको दक्षिण एशियाली खुलकुद (साग)बाट नै सुरु गरेपनि हालसम्म विभिन्न ७ हजार ५ सय स्थानमा प्रयोगमा ल्याएको बताए ।

उनले अब हरेक बर्ष नेपालका १० हजार स्थानमा निशुल्क वाईफाई सेवा दिनेगरी काम गरिरहेको बताए । कम्पनीले विभिन्न सार्वजनिक स्थान, पार्टी, पौवा, बार, रेष्टुरेन्ट, स्थानीय तहकार विभिन्न कार्यालयहरुमा उक्त निशुल्क वाईफाई सेवा दिँदै आएको छ ।

फेसबुकसँगकको सहकार्य अगाडी ग्राहकले पटकपटक लगईन गरी विभिन्न स्थानमा कम्पनीको निशुल्क वाईफाई चलाउने गरेका थिए । जुन असुरक्षित र अव्यवस्थित पनि उत्तिकै मात्रामा थियो । तर अब फेसबुकको वाईफाई एक्सप्रेससँगकको सहकार्यपश्चात उक्त सेवा थप व्यवस्थित र सुरक्षित भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL