काठमाडौं । गैरआवासीय नेपाली संघ ‘एनआरएनए’ले विश्व व्यापीरुपमा टेली हेल्थ सेवा सुरु गरेको छ । एनआरएनए स्वास्थ्य समिति तथा वैदेशिक रोजगार तथा कल्याण विभागको संयुक्त पहलमा यो सेवा सुरु गरिएको हो । टेली हेल्थ सेवाबाट विश्वका कुनै पनि ठाउँमा बसोबास गर्ने नेपाली मुलका व्यक्तिले अनलाइनमार्फत चाहेको समयमा स्वास्थ्य विज्ञहरुसँग स्वास्थ्य परामर्श लिन सक्ने एनआरएनएले जनाएको छ…