Logo

सिप्रदीको सर्टिफाइड ग्यारेज अब जोरपाटीमा पनि, यस्ता छन् उपलब्ध सेवाहरु

सिप्रदीको सर्टिफाइड ग्यारेज अब जोरपाटीमा पनि, यस्ता छन् उपलब्ध सेवाहरु



काठमाडौं । टाटा मोर्टसका ग्राहकहरुलाई सहज रुपमा गाडी मर्मत तथा सर्भिसिङ सुविधा प्रदान गर्ने उद्देश्यले सिप्रदी ट्रेडिङ्गले काठमाडौँको जोरपाटीस्थित सज्जन अटो वर्कशपलाई सर्टिफाइड ग्यारेजको मान्यता प्रदान गरेको छ ।

laxmi

सिप्रदीका चिफ मेनेजर जयन बाबु डंगोल तथा अरुण कुमार शाहले संयुक्तरुपमा उक्त वर्कशपको उद्घाटन गरेका थिए । ग्राहकहरुले टाटाका एस, पिकअप तथा विङ्गर सेग्मेन्टका गाडीहरुको सर्भिसिङ तथा मर्मतका सेवाहरु त्यस वर्कशपबाट प्राप्त गर्न सक्नेछन् ।

उक्त वर्कशपमा टाटा योद्धाका ग्राहकहरुलाई निःशुल्क १४ प्वाइन्ट चेकअप, ब्रेकडाउन एसिस्टेन्स आदि सेवा तथा सुविधाहरुको साथमा शनिवार पनि दिउँसो १ः०० बजे सम्म वर्कशप खुल्ला रहने सिप्रदीले जनाएको छ ।

त्यसैगरी, काठमाडौँको चाबहिलमा रहेको अर्को सर्टिफाइड ग्यारेज संगमश्री अटो वर्कशपले पनि ग्राहकहरुलाई प्रदान गर्दै आइरहेको सेवा सुविधाहरुमा विस्तार गरेको छ । टाटा योद्धाका ग्राहकहरुलाई उच्च गुणस्तरको सेवा प्रदान गर्ने उद्देश्यले टाटा योद्धा गाडीहरुको सर्भिस तथा मर्मत कार्यको लागि टाटा योद्धा एक्सप्रेस सुविधाको शुभारम्भ गरेको छ ।

जसअन्तर्गत टाटा योद्धा गाडीहरुको निःशुल्क १४ प्वाइन्ट चेकअप, ४८ घण्टाभित्र टाटा योद्धा गाडी नबनेमा ग्राहकहरुलाई क्षतिपूर्तिको व्यवस्था, समायोजित तथा सस्तो मूल्यमा टाटा योद्धा गाडीहरुको स्पेयर पार्टस उपलब्धताको साथमा शनिवार पनि वर्कशप खुल्ला रहने सेवा तथा सुविधाहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL