काठमाडौं । भारतीय कम्पनी एसजेभीएन ६७९ मेगावट क्षमताको तल्लो अरुण जलविद्युत परियोजना बुल्ड अन अपरेट एण्ड ट्रान्सफर(बुट) मोडलमा विकासका लागि छनौट भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार प्रधानमन्त्री एवम् लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको लगानी बोर्डको ४६औं बैठकले उक्त निर्णय गरेको हो । अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका आधारमा सूचीकृत भएका कम्पनीहरुको मूल्यांकन गरी…