काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको नयाँ नेतृत्वले परिणाम देखिने गरी काम गर्ने बताएका छन् । धादिङ्ग उद्योग वाणिज्य संघको २७औँ वार्षिक साधारणसभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले महासंघको नयाँ नेतृत्व युवा र केही गरौं भन्ने हुटहुटीसहितको भएको र परिणाम देखिने गरी काम हुने बताएका हुन् ।…