काठमाडौं । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले नेपालको पूँजी बजारलाई गहिरो, समावेशी र अन्तरराष्ट्रिय रूपमा प्रतिस्पर्धी बनाउन महत्वाकांक्षी सुझावहरू प्रस्तुत गरेको छ। आयोगको प्रतिवेदनले आगामी दुई वर्षमा कम्तीमा १० वटा ‘फण्ड्स अफ फण्ड्स’ मार्फत निजी क्षेत्रको ४ खर्ब रुपैयाँ पूँजी परिचालन गर्ने रणनीति अघि सारेको छ। यो योजनाले साना तथा मझौला लगानीकर्ताहरूलाई एकीकृत गरी ऊर्जा,…