Logo

नेपाली सेनामा २६ सय जनालाई जागिरकाे अवसर, आठ पासले पनि आवेदन दिन सक्ने

नेपाली सेनामा २६ सय जनालाई जागिरकाे अवसर, आठ पासले पनि आवेदन दिन सक्ने



काठमाडौं । नेपाली सेनाले सैनिक पदका लागि दरखास्त खुला गरेको छ। सेनाको भर्ना छनोट निर्देशनालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै २ हजार ६ सय भन्दा बढी जनशक्ति आवश्यक परेको जनाएको हो।

सूचना अनुसार, स्वीकृत दरबन्दीभित्रका सैन्य पदहरू खुला तथा समावेशी प्रतिस्पर्धात्मक प्रक्रियाबाट भर्ने तयारी गरिएको छ। इच्छुक उम्मेदवारहरूले तोकिएको भर्ना केन्द्रमा आवेदन फारम बुझाउन सक्नेछन्।

उम्मेदवारहरूले वैशाख २७ गतेसम्म आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर थप ७ दिनसम्म पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

आवेदन दिन चाहने व्यक्तिले न्यूनतम कक्षा ८ पास गरेको हुनुपर्छ। शारीरिक योग्यता अनुसार, पुरुषका लागि न्यूनतम ५ फिट ३ इन्च र महिलाका लागि ५ फिट उचाइ अनिवार्य गरिएको छ।

सेनाले भर्नासम्बन्धी सम्पूर्ण जानकारी आफ्नो आधिकारिक वेबसाइटमा उपलब्ध गराएको छ भने थप विवरणका लागि नजिकको भर्ना केन्द्रमा सम्पर्क गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This