काठमाडौं । एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः रोशन कुमार न्यौपाने नियुक्त भएका छन् । कात्तिक १६ मा बसेको बैंक सञ्चालक समितिको बैठकले न्यौपानेलाई मंसिर १५ गतेदेखि लागु हुनेगरी दोस्रो कार्यकालका लागि सीईओमा नियुक्त गरेको हो । न्यौपाने सन् २००८ अप्रिलदेखि तत्कालीन बैंक अफ एशिया नेपालमा आन्तरिक लेखा परीक्षण विभागको इन्चार्जको जिम्मेवारीबाट…