Logo

सेयर बजार सकारात्मक बाटोमै, ७ अंकले बढेको बजारमा झण्डै डेढ अर्बको कारोबार

सेयर बजार सकारात्मक बाटोमै, ७ अंकले बढेको बजारमा झण्डै डेढ अर्बको कारोबार



काठमाडौं । साताको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ७.३२ अंकले बढेको छ । पछिल्ला केहिदिन यता नेपाली सेयरबजार लगातार उकालो यात्रा तय गरिरहेको छ । जसको परिणामस्वरुप बुधबार पनि बजार ७ अंकले बढ्दा कारोबार रकमले पनि साथ दिएको छ ।

laxmi

कारोबार अवधिभर आज २ सय २७ कम्पनीका ४३ लाख ४६ हजार ७ सय ८ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब ४६ करोड ७९ लाख रुपैयाँ बढी पुगेको छ ।

बुधबार बैंकिङ, ब्यापार र निर्जीवन बीमाबाहेक सबै समुहका परिसुचकहरु उकालो लागेका छन् । ओरालो लागेका समुहमध्ये बैंकिङ २.६१, व्यापार, २२ र निर्जीवन बीमा समुहको परिसुचक १.६२ अंकले ओरालो लाग्दा सबैभन्दा बढी वृद्धि हुने समुह भने जीवन बीमा समुह भएको छ ।

आज जीवन बीमा समुहको परिसुचक ५५ अंकले उकालो लाग्दा लघुवित्त ३६, विकास बैंक ३३, अतिरिक्त २० र जलविद्युत र होटल तथा पर्यटन समुहका परिसुचक १६ अंकले उकालो लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL