Logo

ट्विटरको ब्लु टिकका लागि नेपालीले हरेक महिना एक हजार रुपैयाँ तिर्नुपर्ने

ट्विटरको ब्लु टिकका लागि नेपालीले हरेक महिना एक हजार रुपैयाँ तिर्नुपर्ने



काठमाडौं । ट्विटरमा प्रमाणित खाता (ब्लुटिक) को लागि अब प्रयोगकर्ताहरूले प्रत्येक महिना सदस्यता शुल्क तिर्नुपर्ने भएको छ । यसअघि यो शुल्क प्रति महिना २० डलर राख्ने भनिएको थियो । तर, प्रयोगकर्ताले यसको विरोध गर्दै निकै महँगो भनेका थिए। यसपछि कम्पनीका नयाँ मालिक एलोन मस्कले मासिक शुल्क ८ डलर (करिब एक हजार रुपैयाँ) बनाउने निर्णय गरेका छन् । यसबारे मस्कले ट्वीट पनि गरेका छन् । ट्वीटमा उनले नीलो टिक्सका लागि ट्विटरको हालको प्रणाली बकवास भएको बताएका छन् ।

ट्विटर ब्लु टिकको मासिक सदस्यता शुल्क घटाउनुको साथै, मस्कले प्रयोगकर्ताहरूका लागि केही नयाँ र विशेष सुविधाहरू पनि थप्ने बताएका छन् । मस्कले अब स्प्याम र घोटाला रोक्न प्रयोगकर्ताहरूले जवाफ, उल्लेख र खोजी विकल्पमा आवश्यक प्राथमिकता पाउने बताए। यसबाहेक अब प्रयोगकर्ताहरूले ट्विटरमा लामो भिडियो र अडियो पोस्ट गर्न सक्नेछन् । साथै, ट्विटर प्रयोगकर्ताहरूले अब पहिलेको तुलनामा धेरै कम विज्ञापनहरू देख्नेछन् ।

मासिक सदस्यता शुल्कमा कुनै परिवर्तन भने कुनै परिवर्तन नगरिने मस्कल बताएका छन् । मस्कले ट्विटर प्रमाणीकरण खाताको लागि तोकिएको सदस्यता शुल्कको सम्बन्धमा अब कुनै परिवर्तन नगर्ने भन्दै आज बिहान अर्को ट्वीट गरेका छन् । ट्वीटमा उनले सब्सक्रिप्शन चार्जका लागि गुनासो गर्नेहरूलाई गुनासो गरिरहन भनेका छन् तर, अब यो प्रति महिना ८ डलर मात्र रहनेछ।

प्रतिक्रिया दिनुहोस्
MBL