काठमाडौं । जाडोयाम सुरु भएसँगै नेपालमा बिजुलीको माग बढिरहेको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार गएको सोमबार मात्रै नेपालमा बिजुलीको पिक डिमाण्ड यो बर्षकै उच्च १७ सय ४४ मेगावाट पुगेको हो । जाडो महिनामा उपभोक्ताहरुले हिटर बाल्ने, एसी चलाउने लगायतका कार्य गर्नाले बिजुलीको माग अत्याधिक बढ्छ । जसको आपुर्तिका लागि प्राधिकरणले भारतबाट बिजुली आयात गर्ने…