Logo

पासपोर्ट वितरण रोकियो, कारण सिस्टममा समस्या

पासपोर्ट वितरण रोकियो, कारण सिस्टममा समस्या



काठमाडौं । राहदानी विभागले सिस्टममा समस्या भएको भन्दै राहदानी वितरण तत्कालका लागि स्थगित गरेको छ । विभागले मंगलबार एक सूचना जारी गर्दै सिस्टमको समस्या आएका कारण पासपोर्ट वितरण र अनलाईन आवेदन लिने कार्यसमेत स्थगित गरिएको बताएको हो ।

सो समस्या समाधानका लागि निरन्तर काम गरिरहेको र सिस्टम पूर्ण रुपमा सञ्चालन हुन केही समय लाग्ने सूचनामा उल्लेख छ ।

तर राहदानी आवेदनका लागि अप्वाइन्टमेन्ट डेट बुक गरेका सेवाग्राहीको बुक गरेको मितिमा बायोमेट्रिक भने संकलन हुने विभागको भनाइ छ। यता सरकारले विभागमा देखिएको लाइन व्यवस्थापन गर्न निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL