काठमाडौं । नेपालले नेतृत्व गरिरहेको अन्तर्राष्ट्रिय संस्था एशिया तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरूको साझा संगठन (इफाप्का) को ४६ औं सम्मेलनको तयारी तिव्र पारिएको छ । यसैक्रममा सम्मेलनमा सहभागी हुने विदेशी अतिथिहरूलाई औपचारिक निमन्त्रणा हस्तान्तरण गर्ने क्रम शुरु भएको छ । सम्मेलनको प्रचार प्रसार उपसमितिको संयोजक रहेका महासंघका उपमहासचिव (नीतिगत) शिवहरि घिमिरेले फिलपिन्सको राजधानी मनिला…