काठमाडौं । बैंकहरुले बढाएको मुद्धती निक्षेपको ब्याजदर प्रती अर्थमन्त्री डा. प्रकाशसरण महतले असन्तुष्टी देखाएका छन् । अर्थमन्त्री महतले ब्याजदर के कारण वृद्धि भएको भन्ने विषयमा सरकारी बैंकका कार्यकारी अधिकृतहरुलाई बोलाएर सोधखोज गरेको राष्ट्रिय वाणिज्य बैंकका कार्यकारी अधिकृत (सिईओ) किरणकुमार श्रेष्ठले बिजखबरलाई बताए । साउन ३२ गते २० वटा वाणिज्य बैंकले भदौको लागि मुद्धति निक्षेपमा नयाँ…