काठमाडौं । कालीकोटको नरहरिनाथ गाउँपालिका–८ लालु ठाडाबाटोमा बिजुलीको पोल ढल्दा करेण्ट लागेर दुई जनाको ज्यान गएको छ । एक महिनाअघि राष्ट्रिय प्रसारण लाइन पुगेको लालुमा शनिबार बिहान घर नजिकै पोल ढल्दा करेण्ट लागेर नरहरिनाथ–८ लालुका ४३ वर्षीय केशव थापा र २५ वर्षीय गंग थापाको घटनास्थलमै ज्यान गएको स्थानीय रोहनकुमार विष्टले जानकारी दिए । घर नजिकै…