Logo

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ, अनुसन्धानका लागि धनुषा लगिँदै

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ, अनुसन्धानका लागि धनुषा लगिँदै



काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । उनीविरुद्ध धनुष जिल्ला अदालतमा फर्जी नागरिकता बनाएको आरोपमा रिट दायर भएको थियो । उक्त रिटमा अनुसन्धानका लागि जिल्ला अदालत धनुषाले मंगलबार नै उनको नाममा पक्राउ पुर्जी जारी गरेको थियो । सोही अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापाथलीस्थित कान्तिपुर कार्यालयबाटै उनलाई पक्राउ गरेको हो ।

laxmi

उनलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मी कान्तिपुर कार्यालय पुगेका थिए ।

नागरिकतासम्बन्धी कसुरमा अनुसन्धानका लागि सिरोहियालाई पक्राउ गर्न जिल्ला अदालत, धनुषाले मंगलबार अनुमति दिएको थियो ।

सिरोहियाविरुद्ध सर्लाहीका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ मा किटानी जाहेरी दिएका थिए । जाहेरीमा सिरोहियाले फरक–फरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसूरमा छानबिन गर्न माग गरिएको थियो । सिरोहियालाई आजै धनुषा लिने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL