काठमाडौं । सरकारले तीन प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको हो । गण्डकीमा पृथ्वीमान सिंह गुरुङ, मधेशमा हरिशंकर मिश्र र सुदूरपश्चिममा देवराज जोशी प्रदेश प्रमुख थिए । ती प्रदेशमा नयाँ प्रदेश प्रमुख पनि सिफारिस गरेको छ । जस…