Logo

चार खर्ब नगद लिएर बसेका छन् गौतम अडानी, लगानी गर्न नेपाल आउँलान ?

चार खर्ब नगद लिएर बसेका छन् गौतम अडानी, लगानी गर्न नेपाल आउँलान ?



काठमाडौं । भारत र एसियाका दोस्रो धनी व्यक्ति गौतम अडानीले अब विदेशमा आफ्नो व्यापार विस्तार गर्न ध्यान केन्द्रित गरिरहेका छन् । बिजनेस पत्रिका मिन्टको रिपोर्टअनुसार अदानी समूहले तीनवटा विदेशी बन्दरगाह (पोर्ट) मा नजर राखेको छ र यसका लागि तीन अर्ब डलर अर्थात् करिब चार खर्ब नेपाली रुपैयाँको नगद जम्मा बनाएको छ ।

laxmi

समूह भारत–युरोप करिडोरमा आफ्नो बलियो उपस्थिति बनाउन चाहन्छ । स्रोतका अनुसार भारतमा फलाम र कोइलाको माग बढ्दै गएको छ भने तयारी वस्तुको निर्यात बढिरहेको छ । अदानी समूह यो अवसरलाई सदुपयोग गर्न चाहन्छ । जसका कारण समूहले युरोप, अफ्रिका र दक्षिण पूर्व एशियाका तीन ठूला बन्दरगाहहरूमा नजर राखिरहेको छ । ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार गौतम अडानी १०४ अर्ब डलरको कुल सम्पत्तिका साथ एसिया र भारतका दोस्रो धनी व्यक्ति हुन् । उनी विश्वका धनी व्यक्तिको सूचीमा १४ औं स्थानमा छन् ।

स्रोतका अनुसार अडानी समूह आफ्नो बन्दरगाह क्षमता बढाउन चाहन्छ । हाल यसको कन्टेनर ह्यान्डलिङ क्षमता वार्षिक करिब ६० करोड मेट्रिक टन छ । यसको लगभग ४२० मिलियन मेट्रिक टन घरेलू क्षमता छ । समूहले आगामी दुई वर्षमा आफ्नो क्षमता ८० करोड मेट्रिक टन पुर्याउने योजना बनाएको छ । यसका लागि विदेशमा धेरै बन्दरगाह खरिद गर्ने योजना छ । समूहले बन्दरगाहबाट प्राप्त हुने राजस्व बढाउने लक्ष्य राखेको छ । यसका लागि हाल चीनको वर्चस्व रहेको अन्तर्राष्ट्रिय व्यापारमा आफ्नो व्यापार बढाउने उसको योजना छ । अदानी बन्दरगाह र विशेष आर्थिक क्षेत्र (एपीएसईजेड) को राजस्वमा अन्तर्राष्ट्रिय बन्दरगाहको हिस्सा हाल १० प्रतिशत रहेको छ, जसलाई आगामी तीन वर्षमा २० देखि २५ प्रतिशतमा पुर्याउने लक्ष्य छ ।

हाल अडानी पोर्ट एण्ड सेज (एपसेज) कम्पनीको इजरायल, श्रीलंका, इन्डोनेसिया, तान्जानिया र अष्ट्रेलियामा बन्दरगाहहरू छन् । यसका साथै भियतनाम, मलेसिया र फिलिपिन्समा बन्दरगाहसम्बन्धी गतिविधिमा सहयोग गर्ने सम्झौता पनि गरेको छ । आर्थिक वर्ष २०२५ मा अदानी पोर्टको राजस्व ३०,००० देखि ३१,००० करोड भारतीय रुपैयाँ पुग्ने अनुमान गरिएको छ । आव २०२३–२४ मा कम्पनीको कुल राजस्व २८ प्रतिशतले बढेर २६ हजार १११ करोड भारतीय रुपैयाँ पुगेको छ भने खुद नाफा ५० प्रतिशतले बढेर ८ हजार १०४ करोड रुपैयाँ पुगेको छ । एपसेज भारतको सबैभन्दा ठूलो निजी पोर्ट अपरेटर हो । कम्पनीले हाल १५ पोर्ट र टर्मिनलहरू सञ्चालन गर्र्दै आएको छ ।

नेपालमा लगानी गर्न आउँलान अडानी ?

नेपालको सबैभन्दा नजिकको छिमेकी भारतका खर्बपति व्यवसायी भएपनि हालसम्म नेपालमा अडानीको लगानी भएको देखिदैन । केही समयपहिले अडानीले नेपालको उर्जा क्षेत्रमा लगानी गर्ने चर्चा भएपनि त्यो विषय हालसम्म चर्चामै सीमित छ । केही समयअघि सम्पन्न लगानी सम्मेलनमा अडानीलाई सरकारले निमन्त्रणा गरेपनि उनले चासो नदेखाएको बताइन्छ । अर्कोतर्फ उनको रुचि हाल बन्दरगाहमा लगानी विस्तार गर्ने भएकाले पनि अडानीले नेपालमा तत्काल लगानी गर्ने सम्भावना नरहेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL