Logo

होटल सरोवर, किंग्स लाउन्ज पोखरा र प्रभु बैंकबीच सम्झौता, बैंकका ग्राहकलाई होटलका सेवामा छुट

होटल सरोवर, किंग्स लाउन्ज पोखरा र प्रभु बैंकबीच सम्झौता, बैंकका ग्राहकलाई होटलका सेवामा छुट



काठमाडौं । पोखराको लेकसाइडमा अवस्थित होटल सरोवर,किंग्स लाउन्ज पोखरा र प्रभु बैंकबीच सम्झौता भएको छ । प्रभु बैंकका कर्मचारी र ग्राहकहरुलाई उक्त दुइृ होटलहरुमा विशेष छुट दिनेगरी उक्त सम्झौता भएको हो ।

laxmi

मंगलबार छुट्टाछुट्टै समारोहका बीच होटल सरोवरको तर्फबाट मुख्य प्रबन्धक प्रतिक पहारी, किङ्गस लाउन्ज पोखराको तर्फबाट सञ्चालन प्रबन्धक अजय नकर्मी र प्रभु बैंक लिमिटेडका तर्फबाट प्रमुख प्रदेश अधिकृत गण्डकी प्रदेश राजु राना मगरले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन ।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहक, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका परिवारजनले होटल सरोवरमा उपलब्ध सेवाहरुमा विशेष छुट पाउने छन् ।

सम्झौता अनुसार आवास, खाना, मनोरञ्जन सभाहल र पौडि लगायतका सेवा हरुमा बिशेस छुट प्राप्त गर्न सक्नेछन भने किङ्गस लाउन्ज पोखरामा उपलब्ध सेवाहरु जस्तै खाना, खाजा, तथा मनोरञ्जन सुबिधामा बिशेस छुट प्राप्त गर्न सक्नेछन । साथै प्रभु बैंकका कर्मचारी तथा ग्राहक हरुले आफ्नो बैंक सँगको आबद्घताको प्रमाणको आधारमा यो सुबिधा सहजै प्राप्त गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL