काठमाडौं । सरकारले आगामी बर्षसम्म नेपाललाई सडक मानवमुक्त बनाउने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम सङ्घीय संसद्का संयुक्त बैठकमा प्रस्तुत गर्दै सडक मानवको उद्धार, संरक्षण र पुनःस्थापनामा संलग्न सङ्घ संस्थासँग समन्वय र सहकार्यमा सडक मानवमुक्त बनाइने उल्लेख गरे । साथै, ज्येष्ठ नागरिकको हेरचाहमा परिवार र समाजको…