Logo

युरोपमा ‘हिट वेभ’ : चर्को गर्मीका कारण रेल चलाउनै मुस्किल, सडक र विमानस्थलको अवस्था नाजुक

युरोपमा ‘हिट वेभ’ : चर्को गर्मीका कारण रेल चलाउनै मुस्किल, सडक र विमानस्थलको अवस्था नाजुक



काठमाडौं । के तपाईंले कहिल्यै सुन्नु भएको छ कि गर्मीको कारण रेल सिग्नल पग्लिरहेका छन्, रेल ट्«याकहरू फैलिरहेका छन् र सडकहरू पग्लिरहेका छन् । तर यो सत्य भइरहेको छ । अझ अचम्मको कुरा के छ भने यो कुनै तातो क्षेत्रमा नभई युरोपमा भइरहेको छ । उही युरोप जो कडा चिसोका लागि परिचित छ । युरोपमा गर्मीले मानिसको जीवन कष्टकर बनाएको छ ।

गर्मीका कारण जंगलमा आगो लागेको छ । स्पेन र पोर्चुगलमा १ हजार जनाको मृत्यु भएको छ । बेलायतको कुरा गर्दा त्यहाँको तापक्रम ४१ डिग्रीभन्दा माथि छ । यो तापक्रम अझै बढ्ने अनुमान गरिएको छ । पोर्चुगलमा ७ दिनमा ६५९ जनाको मृत्यु भएको छ । बेलायत, स्पेन, फ्रान्स, पोर्चुगल, इटाली र टर्कीमा कीर्तिमानी गर्मी बढेको छ ।

स्पेन र फ्रान्सको जंगलमा लागेको आगलागीका कारण तापक्रम झन् बढिरहेको छ । पोर्चुगलमा गर्मीका कारण पछिल्लो ७ दिनमा ६५९ जनाको मृत्यु भएको छ । बेलायतमा गर्मीले रेलको पाङ्ग्रा जाम गरेको छ । गर्मीका कारण रेलवे सिग्नल पग्लिँदै छ र रेल ट्रयाक फैलिरहेको छ । यसले रेलको आवागमन प्रभावित भएको छ ।

सडक र विमानस्थलको अवस्था नाजुक

रेलमार्ग मात्र होइन, सडक र विमानस्थलको अवस्था पनि राम्रो छैन । गर्मीका कारण सडकमा कालोपत्रे पग्लन थालेको छ । विमानस्थलको धावनमार्ग पनि पग्लन थालेको छ । यो चर्को गर्मीलाई ध्यानमा राख्दै बेलायतको राष्ट्रिय रेल सेवाले मानिसहरूलाई यात्रा नगर्न आग्रह गरेको छ । रेल मन्त्रालयका अनुसार तापक्रम ४० डिग्री सेल्सियस हुँदा ट्रयाकको तापक्रम ५० डिग्री, ६० डिग्री र ७० डिग्रीसम्म पुग्छ । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL