Logo

वैदेशिक मुद्रा संचिति ४.८ प्रतिशतले बढेर २८ खर्ब नाघ्यो, २० महिनाको वस्तु आयात धान्ने

वैदेशिक मुद्रा संचिति ४.८ प्रतिशतले बढेर २८ खर्ब नाघ्यो, २० महिनाको वस्तु आयात धान्ने



काठमाडौं । चालु आर्थिक बर्षको साउन मसान्तसम्म नेपालसँग कुल २८ खर्ब ६ अर्ब रुपैयाँ वैदेशिक मुद्रा संचिति रहेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वज्निक गरेको तथ्यांकलाई आधार मान्दा गत आवको अन्तिम महिना असार मसान्तसम्म २६ खर्ब ७७
अर्ब ६८ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति एक महिनामै ४.८ प्रतिशतले वृद्धि भई २०८२ साउन मसान्तसम्म २८ खर्ब ६ अर्ब ४ करोड रुपैयाँ पुगेको हो ।

नेपालको कुल विनिमय संचितिमध्ये नेपाल राष्ट्र बैंकमा २५ खर्ब ११ अर्ब ४५ करोड र बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग २ खर्ब ९४ अर्ब ५८ करोड रुपैयाँ रहेको देखिन्छ ।

यसरी सरकारसँग रहेको वैदेशिक मुद्रा संचितिले नेपाललाई आगामी २०.४ महिनाको वस्तु र १६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्