काठमाडौं । सरकारले आजदेखि भुक्तानी प्रणाली सञ्चालनमा ल्याएको छ । अर्थ मन्त्रालयका प्रवक्ता तथा सहसचिव टंकप्रसाद पाण्डेयले आजैदेखि भुक्तानी दिने काम सुचारु गरेको बिजखबरलाई जानकारी दिए । उनले कर्मचारीले समयमै तलभब भत्ता पाउने बताए । ‘सरकारले नियमित प्रक्रियाबाट दिनुपर्ने आवश्यक भुक्तानीहरु गर्नेछ’ उनले भने ।
योसँगै दशैं अगाडि नै कर्मचारीहरुले तलब–भत्ता पाउने भएका छन् । सरकारको ढुकुटीमा अनिवार्य दायित्व भुक्तानी गर्न आवश्यक पर्याप्त रकम रहेको समेत उनले जानकारी दिए । सरकारको अनिवार्य दायित्व अन्तर्गत तलव भत्ता र सामाजिक सुरक्षाको भुक्तानी समेत हुनेछ ।