Logo

क्रेडिट सुइस बैंकको जरिवाना घटाइयो, आरोप विदेशी मुद्रा व्यापार कार्टेलमा संलग्नताको

क्रेडिट सुइस बैंकको जरिवाना घटाइयो, आरोप विदेशी मुद्रा व्यापार कार्टेलमा संलग्नताको



काठमाडौँ । युरोपियन युनियनको एक अदालतले बुधबार ब्रसेल्सले क्रेडिट सुइसलाई विदेशी मुद्रा व्यापार कार्टेलमा संलग्न भएको आरोपमा लगाएको ८ करोड ३२ लाख युरो (९ करोड ८० लाख अमेरिकी डलर) जरिवानालाई घटाएर दुई करोड ८० लाख ९० हजार युरो कायम गरिएको छ ।

लक्जेम्बर्गस्थित जनरल कोर्टले युरोपेली आयोगको उक्त निष्कर्षलाई सदर गरेको छ । बैङ्कले सुइस प्रतिस्पर्धाविरोधी अभ्यासमा संलग्न रहेको तर सम्बन्धित जरिवानालाई घटाएर दुई करोड ८० लाख ९० हजार युरोमा झारेको छ ।

अदालतले भनेको छ, “आयोगले ‘क्रेडिट सुइसको बिक्रीको मूल्यको लागि प्रोक्सी निर्धारण गर्न’ प्रयोग गरेको तथ्याङ्क स्विस ऋणदाताले प्रदान गरेको भन्दा कम विश्वसनीय थियो । “‘युरोपियन एन्टिट्रस्ट रेगुलेटर कमिसन’ले आफूले लगाएको जरिवाना आधारभूत रकममा गलत गणनाका कारण बढी देखिएकोले बढी नै जरिवाना लगाइएको तर गल्तीलाई सुधार गरिएको छ,” अदालतले भनेको छ ।

उक्त फैसलाविरुद्ध इयूको कोर्ट अफ जस्टिसमा अपिल गर्न सकिन्छ । क्रेडिट सुइस बैङ्कहरूको समूहमध्ये एक थियो जसलाई आयोगले लामो अनुसन्धानपछि सन् २०२१ मा कुल ३४ करोड ४० लाख यूरो जरिवाना लगाएको थियो ।

बैङ्कहरूको तर्फबाट काम गर्ने प्रमुख मुद्राहरूमा स्पट विदेशी विनिमय लेनदेनको प्रभारी व्यापारीहरूले कहिलेकाहीं ‘स्टर्लिंग लाड्स’ नामक अनलाइन सन्देशमार्फत उनीहरूको व्यापार रणनीतिबारे समन्वय गरेका अनुसन्धानबाट जानकारी मिलेको छ ।

कथित कार्टेलमा बार्कलेज, आरबीएस र एचएसबीसीका साथै यूबीएस पनि सामेल थिए तर उनीहरू जरिवानाबाट जोगिए । उनीहरू स्वेच्छाले अधिकारीहरूलाई अनुसन्धानमा सहयोग गर्न तयार भएका थिए । सन् २०२३ मा धराशायी भएपछि आफ्नो पूर्व प्रतिद्वन्द्वीलाई अधिग्रहण गरेको क्रेडिट सुइसविरुद्ध यूबीएसले कमिसनको निर्णयविरुद्ध अपिल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्