काठमाडौं । चालु आर्थिक बर्ष २०८२/८३ को पहिलो महिना साउनमै नेपालमा १ खर्ब ७७ अर्ब बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार चालु आवको पहिलो महिनाका मासिक विवरण सार्वजनिक गर्दै गत आवको सोही अवधिको तुलनामा चालु आवको साउनमा रेमिट्यान्स आप्रवाह २९.९ प्रतिशतले वृद्धि भई १ खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ बराबरको भित्रिएको बताएको हो ।
गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई १ खर्ब ३६ अर्ब ६० करोड रुपैयाँ पुगेको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.० प्रतिशतले वृद्धि भई १ अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५.८ प्रतिशतले बढेको थियो ।
चालु आवको साउनमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सं्ख्या ४४ हजार ४ सय ६६ र पुनः श्रम स्वीकृति लिनेको सब्ख्या २३ हजार ६ सय ४४ रहेको छ ।