काठमाडौं । अन्तरिम सरकारको नयाँ प्रधानमन्त्री सुशीला कार्कीले आजै शपथ लिने भएकी छिन् । राष्ट्रपतिले आज राति राष्ट्रपति भवन शीतल निवासमा नयाँ प्रधानमन्त्री सुशीला कार्कीलाई शपथ गराउने भएका छन् । कार्कीको नियुक्ति र शपथलगत्तै मन्त्रिपरिषदको पहिलो बैठक बस्नेछ ।
त्यही बैठकले प्रतिनिधिसभा विघटनको निर्णय गर्ने र स्वीकृतिको निम्ति राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सहमति भएको छ । आन्दोलनरत जेन–जी युवाहरूको मागअनुरूप संसद विघटन गरी कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने सहमति जुटेको हो।