Logo

४५ दिन नपुग्दै आन्तरिक राजस्व विभागका महानिर्देशकको सरूवा, अर्थमा तीन सहसचिव

४५ दिन नपुग्दै आन्तरिक राजस्व विभागका महानिर्देशकको सरूवा, अर्थमा तीन सहसचिव



काठमाडौं । सरकारले आन्तरिक राजस्व विभागका महानिर्देशक भुपाल बराललाई ४५ दिन नपुग्दै सरुवा गरेको छ । सरकारले उनलाई वन तथा वातावरण मन्त्रालयमा सरूवा गरेको हो ।

laxmi

बराल गत माघ १९ गतेको निर्णयबाट आन्तरिक राजस्व विभागमा सरूवा भएका थिए । जिम्मेवारी लिएको दुई महिना नपुग्दै उनलाई त्यहाँबाट सरूवा गरिएको हो ।

यसैगरी, सरकारले उप महानिर्देशक अर्जुन प्रसाद भट्टराईलाई पनि सरूवा गरेको छ। गत शुक्रबारको मन्त्रिपरिषद् बैठकबाट तीन जनालाई सरूवा गरिएको हो । सरकारले तीन जना सह–सचिवलाई भने अर्थमन्त्रालयमा सरूवा गरेको छ । भट्टराईलाई सामान्य प्रशासन मन्त्रालयमा सरूवा गरिएको छ ।

अर्थमन्त्रालयमा सरूवा हुनेमा ढुण्डीप्रसाद निरौला, शिवलाल तिवारी र नारायण सापकोटा रहेका छन् । निरौला संघीय मामिला मन्त्रालयमा थिए भने तिवारी वातावरण विभागको महानिर्देशकको जिम्मेवारीमा थिए । त्यस्तै सापकोटा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL